काठमाडौं, १७ कात्तिक । सरकारले यातायात बन्द नभएको भन्दै सम्पूर्ण दैनिक उपभोग्य बस्तु यथावत रुपमा आपूर्ति भइरहेको दाबी गरेको छ ।
काठमाडौंमा आज (बुधबार) आयोजित कार्यक्रममा मन्त्रिपरिषदको कार्यालयका सचिव कृष्णहरि वास्कोटाले सम्पूर्ण उधोग कलकारखाना यथावत संचालनमा रहेको बताए । ‘विहानै देखि तरकारी, दुध ढुवानीका साधनलाई सुरक्षा दिएका छौं,’ उनले भने ।
उनले क्षति भएका सवारी साधनलाई तत्काल ५० हजार र पूर्ण क्षति भएमा ९० प्रतिशत क्षतिपूर्ति दिने बताए ।
प्रतिक्रिया