चेन्नाइ : बिश्वनाथन आनन्द र म्याग्नस कार्लसन विचको बिश्व् च्याम्पियनसीपको तेस्रो खेल पनि बराबरीमा सकिएको छ । चेन्नाइको हायात रिजेन्सी होटलमा मंगलबार भएको खेलमा कार्लसनले सेतो गोटीबाट खेलेका थिए । तेस्रो खेलको समाप्ती पछि यी दुवै खेलाडीको अंक१.५ भएको छ । श्रृंखलामा अब नौ खेल बाकी रहेका छन् ।
क्वीन्स इन्डियन डिफेन्समा खेलिएको तेस्रो खेल ५१ औ चालमा गए बराबरीमा टुटिंगएको थियो । भारतीय बुद्धीचाल समिक्षकले आनन्दले केही अबसर पाए पनि उपयोग नभएको प्रतिक्रिया दिएका छन् । बराबरीका बाबजुद भारतीय बृत्त भने आनन्दले कालो गोटीबाट एक खेल बढी खेलेका कारण उत्साहित छ । (एजेन्सी)
प्रतिक्रिया