इलाम, २५ कात्तिक । एमाले अध्यक्ष झलनाथ खनालको इलामस्थित पूर्खौली घरमा अज्ञात समूहले आगजनी गरेको छ ।
साखेजुङ–४ मा रहेको घरको भुइँतलामा आइतबार राति पेट्रोल छर्किएर आगजनी गरेको एमालेले जनाएको छ । आगजनीबाट घरमा सामान्य क्षति पुगेको छ ।
अध्यक्ष खनालकी भतिजी शान्ति अधिकारीले अगजनीबाट घरको भुइँतलाको पूर्वी भागमा क्षति पुगेको बताईन् । उनले सहयोगीको साथ लिएर आगो निभाएको बताईन् ।
२००८ सालमा निर्मित खनालको ३ तले पूख्र्यौली घर चियाबारीको बिचमा छ । आगजनी गर्ने समूहको खोजतसाल जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया