महागुरुको गाउँघरतिर

sachit-rai-copyधेरैलाई थाहा नहुन सक्छ– राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मथलो कहा हो भनेर । त्यहा के भइरहेको छ त ? थाहा पाइराखे राम्रो । इलाम जिल्लाको इभाङ–५ चुक्चिनाम्बामा वि. सं. १९४२ कात्तिक २५ गते अशुवन्त लिङ्देन (जगनबाज ?) र हंसमतीको पुत्र भई जन्मिएका फलाम सिंह (न्वारनको नाम नरध्वज) नै पछि गएर महागुरु फाल्गुनन्दका रूपमा प्रख्यात भएका हुन् । सरकारले फाल्गुनन्दलाई २०६६ मंसिर महिनामा १७औं राष्ट्रिय विभूति घोषणा गर्‍यो । राणाहरूको जगजगीको समयमा पनि समाज (खास गरी लिम्बू समाज)लाई सकारात्मक परिवर्तनको बाटोमा अग्रसर गराएका फाल्गुनन्दको २००५ साल चैत २२ गते चुक्चिनाम्बाबाट सिलौटी जाने क्रममा पााचथर जिल्लाको इम्बुङ पातलेमा ६३ वर्षको उमेरमा निधन भएको थियो । त्यसपछि उनको पार्थिव–शरीरलाई सिलौटी धाम पुर्‍याएर समाधिस्थ गरिएको विभिन्न लेखोटहरूमा उल्लेख पाइन्छ ।
उनै महागुरुको ‘अवतार’का रूपमा अहिले धर्मगुरु आत्मनन्द लिङ्देन छन् । सन् १९५५ जुन ६ तारिखमा इभाङ–५ मै पुण्यप्रसाद र चन्द्रमाया (स्यामजिरी)को पुत्रका रूपमा जन्मेका आत्मनन्दले बााझो गाविसको लारुम्बा (माङ्सेबुङ)मा रही धार्मिक तथा समाज–सुधारका गतिविधि गर्दै आएका छन् । उनी राजनीतिक वृत्तमा बेला–बेला जोडिन आई चर्चाको केन्द्रमै रहन्छन् । किरात धर्मगुरुका रूपमा परिचित आत्मनन्द विगतमा भन्दा दोस्रो संविधानसभा चुुनाव २०७० का क्रममा बढी चर्चामा छन् । खासमा गुरु राजनीतिसाग जोडिन जानेभन्दा पनि राजनीतिज्ञहरू उनीसाग जोडिन पुगेको देखिएको छ । शीर्षस्थ नेताहरूसमेत आशीर्वाद लिन भन्दै गुरुको शरणमा पुग्ने क्रम बढेको छ । एमाले नेता केपी शर्मा ओलीले त हालै गुरुलाई भेटीस्वरूप मोटो खाममा ‘दाम’ नै चढाएको र एमाओवादी नेता गोपाल किरातीले ‘सशस्त्र द्वन्द्वकालमा भएको गल्तीप्रति माफी’ मागेको मिडियामार्फत सार्वजनिक भएको छ । दर्शनभेटका नाममा दाम चढाएको विषयमा नेताहरूलाई निर्वाचन आचारसंहिता लाग्छ/लाग्दैन ? निर्वाचन आयोग नै जानोस् ।
हुन त नेताहरू लारुम्बा पुग्ने गरेको यो नै पहिलो घटना भने होइन, राजतन्त्रात्मक व्यवस्था रहादै पनि प्रधानमन्त्रीदेखि राजासम्म लारुम्बा पुगेका थिए । सांसद तथा मन्त्रीको त कुरै छाडौं । गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्ददेखि तत्कालीन राजा ज्ञानेन्द्र शाहसम्मले लारुम्बामा पाइला टेकेका थिए । ज्ञानेन्द्र मुलुकको कार्यकारी अधिकार आफ्नो हातमा लिएपछि देश–दौडाहाका क्रममा लारुम्बा पुगेका थिए । देश लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेपछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालका साथै पहिलो राष्ट्रपति डा. रामवरण यादव र उपराष्ट्रपति परमानन्द झाले पनि लारुम्बा पुगेर गुरुसाग दर्शनभेट गरिसकेका छन् ।
लारुम्बा नै किन ?
चियासहित अलैंची, ओलन, अदुवा, अकबरे, अम्लिसोलगायत विभिन्न ‘अ’को समिश्रणको जिल्लाका रूपमा परिचित इलामको पश्चिमी गाविस बाझो विगत एक दशकसम्म यातायातका दृष्टिले दुर्गम थियो । उस्तै दुर्गम अवस्थामै हो महागुरुको जन्मथलो चुक्चिनाम्बा पनि । फाल्गुनन्दको वंश आत्मनन्द बसेको लारुम्बा त अनकन्टार ठाउजस्तै थियो । २०५७/५८ सालसम्म जंगलको बाटो भएर पुग्नुपथ्र्यो गुरुको आश्रम । २०५९ सालमा दमक–चिसापानी–रवि मोटरबाटो सञ्चालनमा आएपछि भने जेनतेन गाडीको सुविधा पुगेको छ । फाल्गुनन्दकै नाममा मोटरबाटोको नामकरण गरिएको छ । रत्तुवा खोलामा बर्खे भेल नबढेसम्म गाडीका लागि त्यति धेरै चिन्ता गर्नुपर्दैन । गाडी बाटो गुरु आश्रमनजिकै भएर निर्माण गरिएको छ । तर, यो पंक्तिकार यही गाउपालिकाको भए पनि दुई/चारपटक मात्र लारुम्बा पुग्ने संयोग जुरेको छ । केही पटक रिपोर्टिङका लागि अनि केही पटक संघसंगठन विस्तारका लागि । त्यही अनकन्टार ठाउा अहिले शहरीकरणतर्फ उन्मुख छ । चक्रपथ निर्माण भएको छ । एक उच्च मावि पनि सञ्चालनमा छ । मुन्धुम पाठशालालाई विश्वविद्यालय बनाउने लक्ष्यका साथ अघि बढाइएको छ ।
२०५७/५८ सालतिर महाप्रलयको हल्ला चल्दा ‘माङ्सेबुङ क्षेत्रमा गुरुका कारण बााचिने’ भनिएपछि पूर्वका विभिन्न जिल्लाबाट शरण खोज्दै थुप्रै धर्मावलम्बी यस ठाउमा आइपुगे । अर्कोतर्फ माओवादीले चलाएको सशस्त्र द्वन्द्वका कारण विस्थापित भएकाहरूले पनि माङ्सेबुङमै पाइला अडाए । विस्थापित १ हजार १ सय परिवार शरण खोज्दै यस ठाउमा पुगेको एक तथ्यांकले देखाउाछ । कति त पछि फर्किए पनि । त्यसो त त्यस बेला द्वन्द्वरत माओवादी र माङ्सेबुङको सम्बन्ध पनि तिक्तताको अवस्थाबाट गुज्रिएको थियो । त्यही सम्बन्धका कारण दुवैतर्फ केही मानवीय क्षतिसमेत हुन पुग्यो । माङ्सेबुङमा ‘कम्राङ’ नामक सुरक्षा दस्ता नै गठन गरिएको थियो । पछि आएर भीसी फोर्स पनि गठन भएको थियो । कम्राङ मात्र होइन, भीसी फोर्सको गतिविधि विवादितसमेत बनेको थियो । सुरक्षा समूहको गतिविधिका कारण त्रास फैलिएको भन्दै स्थानीयस्तरमा तीव्र रूपमा आलोचना भएको थियो । जसका लागि माङ्सेबुङका पदाधिकारीले स्पष्टीकरण नै दिनुपरेको थियो । हो, त्यही क्षेत्रमा नेताहरू लावालस्करसहित पुग्ने गरेका छन् ।
चुनावका लागि इलाम क्षेत्र नम्बर २ का उम्मेदवारहरू त गुरुको शरणमा पुग्नु सामान्य नै हो (लारुम्बा इलाम क्षेत्र नम्बर २ मा पर्छ) । त्यसमाथि जिल्लाका अन्य दुई क्षेत्रका उम्मेदवारहरू पनि लारुम्बा पुग्नुलाई सामान्य नै मान्नुपर्छ । तर, यसपटक त पूर्वी क्षेत्रमा चुनावी मैदानमा खडा भएका अधिकांश उम्मेदवारले लारुम्बा पुगेर गुरुसाग आशीर्वाद मागिरहेका छन् । उनीहरू आशीर्वाद लिनकै लागि मात्र गुरुको शरणमा पुगेका हुन् त ? पक्कै होइन । उनीहरूको लारुम्बा भ्रमणमा शंका गर्नुपर्ने धेरै ठाउहरू छन् । नेताहरू लारुम्बा पुग्नुको उद्देश्य गुरुको आशीर्वाद लिनुमा मात्र सीमित छैन, गुरुलाई प्रभावित तुल्याएर उनका अनुयायीहरूलाई आफूतिर आकर्षित तुल्याउने नेताहरूको भित्री चाहना हो । गुरुका अनुयायीहरू लारुम्बामा मात्र सीमित छैनन्, पूर्वी क्षेत्रदेखि विदेशसम्मै छरिएर रहेका छन् । त्यसैले लारुम्बा भ्रमणको उद्देश्य आशीर्वाद लिन पनि हुने, ‘पारा मिले’ भोट पनि आफूतिर तान्न मिल्ने देखिन्छ ।
त्यसो त लारुम्बा मात्र होइन, नारायण दास, महागुरु फाल्गुनन्द, अहिंसापोषक महाप्रभु ज्योतिनन्दलगायतले धार्मिक बाटोमा डोर्‍याएको यस क्षेत्र (पाचथरको रवि गाविसदेखि बााझोसम्म) मा अन्य गुरुहरू पनि नेताहरूको गन्तव्यमा परेकै देखिन्छ । यसअघिका चुनावहरूमा बााझो गाविसकै वडा नम्बर ३ मा रहेर धार्मिक गतिविधि गर्दै आएका गुरु सचितानन्द (विद्या गुरु)को पनि उत्तिकै आकर्षण थियो । तर, केही समयअघि मात्र उनको निधन भएकाले त्यहाा विगतको अवस्था रहेन । गुरुको निधनले चेलाभुलालाई पक्कै अन्योलको अवस्था उब्जाएको हुनुपर्छ । विगतमा इलाम, पााचथरलगायत पूर्वका जिल्लाबाट राष्ट्रिय राजनीतिमा दख्खल राख्ने नेताहरू यी गुरुकहाा आशीर्वाद माग्न पुग्थे । गुरुको संकेतअनुसार चेलाभुलाले चुनावमा मतदान गर्ने गर्छन् । धर्मगुरुको गाउाका रूपमा चिनारी बनाउादै गरेको यस क्षेत्रमा अनुयायीलाई प्रभावित तुल्याउन सक्ने मुख्य धर्मगुरुहरू आत्मनन्द र सचितानन्द नै हुन् । सचितानन्द त भौतिक रूपमा यो संसारबाट बिदा भइसके । अरू धर्मगुरुहरूको उपस्थिति रहे पनि आत्मनन्द र सचितानन्दजति चुनावलाई नै प्रभावित पार्ने अवस्थामा छैनन् ।
किरात धर्मको कुरा
इभाङ गाविसको चुक्चिनाम्बाबाट ‘बसाइ’ हिडेका आत्मनन्दले बस्नका लागि सुरुमा बााझो–७ स्थित नवमीडााडा रोजेका थिए । तर, स्थानीय बासिन्दाले उक्त ठाउा उपलब्ध गराउन अस्वीकार गरेपछि उनी वडा नम्बर ९ लारुम्बाको ‘बोक्सी थुम्को’मा बस्न पुगेका थिए (जसलाई मान्द्रे डाडा पनि भनिन्थ्यो) । एक स्थानीयवासीका अनुसार त्यही ठाउा आज माङ्सेबुङ नामकरण भई किरात धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा विकसित भएको छ । जहा जाड, रक्सी, धूमपान तथा मद्यपान निषेध गरिएको छ (लारुम्बा मात्र होइन, यस क्षेत्रकै धार्मिक स्थलहरुमा पशुबलि पनि दिइदैन) । विगतको ‘सत्यहाङमा’लाई २०३६ सालदेखि किरात धर्म तथा साहित्य उत्थान संघ गठनसागै किरात धर्मका रूपमा औपचारिकता दिएको देखिन आउछ । लिम्बू भाषा, धर्म तथा संस्कार–संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा अतुलनीय योगदान पुर्‍याएका फाल्गुनन्दले ‘सत्यहाङमा’ मार्ग अवलम्बन गरेका थिए (तपसी/तपस्वी पनि भनिन्थ्यो) । (महागुरु फल्गुनन्दले पााचथर रविको भातेमुद्दापछि जोसमनी शब्दलाई छोडेर सत्यहाङ्मा शब्दलाई जोड दिन थालेका थिए–जोसमनी स्मारिकाबाट) । त्यसो त बर्मा पल्टनमा भर्ती हुन पुगेका फाल्गुनन्दले त्यही बेला गुरु मधुनन्दजीसाग वेद–वेदान्त आदिको अध्ययन गरेको उल्लेख पाइन्छ । पल्टनमा रहादा पनि उनले ध्यान–तपस्या गर्ने गरेपछि उनको नाम पनि फलामसिंह ध्यानी बन्न पुगेको थियो । यहाा उल्लेख गर्नुपर्ने मुख्य पक्षचाहिा हिन्दू परम्पराबाट दीक्षित भए पनि पल्टनमै रहादा फलामसिंहबाट फाल्गुनन्द बनेका उनले राणा शासनकालमै १९८८ साल वैशाख २४ गते लिम्बू समाजमा सुधारका लागि लिम्बुवानका १७ थुमका १० लिम्बूको पाचथर लब्रेकुटीमा चुम्लुङ (सभा) बोलाई ‘सत्य धर्म मुचुल्का’ नै तयार गरेका थिए । डा. स्वामी प्रपन्नाचार्यद्वारा लिखित महागुरु फलगुनन्द सरस्वती सत्यहाङमाको विश्लेषणात्मक जीवनीमा उल्लेख भएअनुसार बुदा नम्बर १ मा हिंसा गर्नु छोडेर नैवेद्य, धूप, बत्ती, सिन्दुर, फलफूल आदिले पूजा गर्नू । २ मा छोरीचेलीको सुतरीत नखानू । ३ मा किरातहरूले (याक्थुम्बा) राम्ररी बुझ्दा प्राचीनकालदेखि नै कुखुरा, सुगुर नखाएको, पछि आएर नबुझी खाने गरेका हुनाले किरात (लिम्बू) जाति कसैले कुखुरा, सुगुर नखानू । ४ मा मद (जाड, रक्सी) खाने चलन व्यर्थ खर्च मात्र हो । अत: मद खाने चलन त्याग गरेर त्यस खर्चले गाई, भैंसी पाली मदको बदलामा गोरसको सेवन गरी आफ्ना कुल, जाति, सन्तानलाई गरिबीबाट मुक्त गराउनका लागि (याक्थुम्बा) किरातहरूले मद (जााड, रक्सी नखानू) । ५ मा अब उप्रान्त सनातन धर्मबमोजिम (साम्यो निङ्वाले माङ–इला) जान्ने फेदाङ्वा साम्बा ल्याई आफ्नो जात भाषाको गायत्री मन्त्र सुनाई विवाह कर्म चलाउने गर्नू । यसरी समाज–सुधारका काम गर्दा उनले देशद्रोहको मुद्दासमेत झेल्नुपरेको थियो । उनकै मार्ग अवलम्बन गरेका आत्मनन्दले विस्तारित रूपमा पछि किरात धर्मको नाम दिएको पाइन्छ ।
राष्ट्रिय जनगणना २०६८ का अनुसार किरात धर्मावलम्बीको कुल जनसंख्या ८०७१६९ छ । पूर्वाञ्चलमा मात्र ७७८२९ किरात धर्मावलम्बी बसोबास गर्छन् । त्यसैगरी, इलामका १०३३५० जनाले किरात धर्म मान्छन् । तर, यो आकडामा आत्मनन्दका अनुयायी मात्र छैनन्, अन्य किरातीले पनि किरात धर्म नै लेखाएका छन् । गुरुका अनुयायीका अलाबा प्रकृति तथा पितृपूजक किरातीले जनगणनामा किरात धर्म लेखाएका हुन् । किरातजन्य चार संस्था किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज र याक्खा छुम्माले जनगणनामा किरात धर्म लेखाउन सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । यी किरातजन्य सामाजिक संघसंस्थाले किरात धर्मलाई व्यक्ति–पूजा तथा गुरु–पूजालाई भन्दा पनि मुन्धुममा आधारित प्रकृति तथा पितृ–पूजालाई महत्व दिदै आएका छन् । हुन त आत्मनन्दले पनि मुन्धुमलाई नै आधार मानेर किरात धर्मको प्रचार गरिरहेका छन् । यद्यपि, उनी धर्मगुरुका रूपमा सात्विक बाटोबाट किरात धर्मको संरक्षण तथा सम्बद्र्धनमा लागिपरेका छन् ।
विकासको पाटो
यस क्षेत्रका धर्मगुरुहरू धार्मिक गतिविधि तथा समाज–सुधारका कार्यमा मात्र लागिपरेका छैनन् कि भौतिक पूर्वाधार तथा विकास निर्माणमा समेत उनीहरूको योगदान छ । माङ्सेबुङ क्षेत्र त शहरीकरणतर्फ नै उन्मुख छ । तर, त्यसका लागि आवश्यक भौतिक पूर्वाधारको विकास तथा दिगो व्यवस्थापन भने हुन नसकेको देखिन्छ । खास गरी, गुरुकै चेलाभुलाको योगदानबाट यहा चक्रपथ निर्माण भएको छ । त्यस्तै अर्का गुरु सचितानन्दको अनुयायीले बााझो ३ सम्म मोटरबाटो पुर्‍याए । त्यही बाटोको निर्माण कार्य दमक–चिसापानी–रवि सडक र मोरङको मधुमल्लासम्म जोड्ने लक्ष्यका साथ स्थानीय तहबाट अघि बढेको छ । २०५१ सालतिर मधुमल्ला–चिसापानी–रवि सडक निर्माणको लक्ष्यसहित कामको उद्घाटन भएकोमा पछिल्लो समय स्थानीयस्तरबाट दमक–चिसापानी–रवि मोटरबाटो मेची राजमार्गको विकल्पका रूपमा अघि बढेको हो । हाल आएर त कोसी राजमार्गअन्तर्गतको धनकुटाको भेडेटारबाट मिक्लाचोम (लेकगाउ), चिसापानी, पञ्चमी, रवि हुदै राकेमा मेची राजमार्गसाग जोडिई पनि सकेको छ । गुरुको आशीर्वाद लिन ‘होडबाजी’ गर्ने नेताहरूले स्थानीयस्तरबाट भएका भौतिक पूर्वाधार निर्माण तथा विकासका कार्यमा ध्यान दिने हो भने यस क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रूपमा चाडै विकसित हुनेमा दुईमत छैन । राज्य पक्षले पनि होस्टेमा हैंसे मात्र गर्ने हो भने जेनतेन यातायात सुविधा पुगेको यस ठाउमा सजिलै बाह्रैमास गाडी चल्ने अवस्था बन्न सक्छ । सडक सञ्जाल विस्तारसागै विकासका अन्य बाटाहरू खुल्दै जाने निश्चित छ ।
[email protected]

प्रतिक्रिया