काठमाडौ : पूर्वअन्तर्राष्ट्रिय कराते खेलाडी एवं एनआरएनआईसीसी, मकाउका सदस्य मुकेश बरुवाल र युएस ओपन करातेका काँस्य पदक विजेता जनकसिंह खड्का शुक्रबार सम्मानित भएका छन् । नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले दुवैलाई सम्मान गरे ।
गुरुङले खेलाडी विदेश पलायन हुनु दु:खद पक्ष भए पनि उनीहरू सक्षम भएको देख्दा खुशी लागेको बताउँदै सच्चा खेलाडीले देशलाई कहिले बिर्सन नहुने विचार राखे । सम्मानित मुकेशले महासंघलाई अत्याधुनिक ‘डमीप्याड’उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया