उसु टोली मलेसिया प्रस्थान

ushuकाठमाडौं : बाह्रौं विश्व उसु च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली मंगलबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेका छन् । अक्टोबर ३० देखि नोभेम्बर ६ तारिखसम्म चल्ने प्रतियोगितामा आङबाबु लामाले थाउलोको थाइची अलराउन्डमा प्रतिस्पर्धा गर्नेछन् । सान्सौंको पुरुष ७५ केजीमा पुरुषोत्तम रिजाल र ५२ केजीमा राजकुमार राईले खेल्नेछन् । सान्सौंकै महिला ५६ केजीमा झरना गुरुङ र ६० केजीमा चाहना बम्जन लामाले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकद्वयमा उसु मुख्य प्रशिक्षक गोपाल श्रेष्ठ र रामगोपाल महर्जन तथा व्यवस्थापकमा नेपाल उसु संघका सचिव प्रताप थापा रहेका छन् । थापाले प्रतियोगिता दौरान हुने अन्तर्राष्ट्रिय उसु महासंघको कोंग्रेसमा पनि भाग लिने बताइएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले बिदाइ गरे ।

प्रतिक्रिया