पोखरा : सफल पोखरा कपको आइतबार भएको खेलमा थ्री–स्टार क्लबले टाइब्रेकरमा पोखरा ११ लाई ४–३ ले पराजित गर्यो । खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो । डुडोजले ४७आँै मिनेटमा लामो प्रहारमा गोल गर्दै थ्री–स्टारलाई अग्रता दिलाएको खेलको ७१आँै मिनेटमा असिम जंग कार्कीले गोल गरेका थिए । टाइब्रेकरमा थ्री–स्टारका लागि सन्तोष साहुखल, विक्रम लामा, सविन्द्र श्रेष्ठ र डुडोजले गोल गरे । यसैगरी, घरेलु टोली पोखराका लागि असिम कार्की, अबा सेड्रिक र भुपाल गुरुङले गोल गरे । पोखराका पोखराका कुमार गुरुङ र सुनलि बिकले पेनाल्टी बाहीर हान्दै खेर फाले । थ्री–स्टारका विराज मर्हजनको पेनाल्टी पोखराका गोल रक्षकले बचाएका थिए ।
प्रतिक्रिया