काठमाडौं : न्यु डायमन्ड स्पोर्टस् क्लबले पश्चिम भेगीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार आयोजित फाईनल खेलमा आयोजक प्रभातेश्वर समाज सुधार क्लवलाई पराजित गर्दै न्यु डायमन्डले उपाधि जितेको हो । उपाधि आफ्नो पोल्टामा पोर्नेक्रममा न्यु डाईमन्डले आयोजक टिमलाई १७–२५, १६–२५ र १७–२५को सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगिताको उपाधि सगै न्यु डायमन्डले नगद ७५ हजार समेत प्राप्त गरेको छ ।
दोस्रो हुनो आयोजक टिमले ५० हजार तथा तेस्रो हुने टिमले नगद २५ हजार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी न्यु डायमन्डका चित्रबहादुर केसी घोषित भए । बिजेता टोलीलाई माओवादी नेता दिलीप महर्जनले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
प्रतिक्रिया