तोकिएको मितिमै निर्वाचन हुन्छ : किराती

दमक : एकीकृत नेकपा (माओवादी)का गोपाल किरातीले तोकिएको समयमा नै संविधानसभाको निर्वाचन हुने स्पष्ट पारेका छन् ।
झापा क्षेत्र नं ७ का प्रत्यक्ष उम्मेदवार किरातीले मुलुकलाई विधिसम्मत राजनीतिक निकास दिन निर्वाचनको विकल्प नभएको बताए । उनले नेकपा–माओवादीले निर्वाचन बहिस्कार गर्ने भने पनि आफूले निर्वाचनमा सहयोग गर्न वैद्य पक्षका नेताहरूलाई आग्रह गरेको बताए । नेपाली कांग्रेस र नेकपा (एमाले)ले गणतन्त्रका पक्षमा नारासमेत लगाउन नचाहनुले उनीहरू गणतन्त्रका पक्षमा थिएनन् भन्ने पुष्टि भएको र त्यसैका कारण अघिल्लो संविधानसभा निर्वाचन असफल भएको किरातीको भनाइ थियो ।
उनले भने, ‘नारा लगाउँदासमेत कांग्रेस–एमालेले गणतन्त्र उच्चारण गरेनन् । त्यसैले संघीयता भएन वा संघीयताका कारण संविधान जारी भएन भन्नुभन्दा पनि गणतन्त्र स्वीकार्न नसक्ने मानसिकताले संविधानसभा विघटन भएको थियो ।’

प्रतिक्रिया