एमाले उपत्यका निर्वाचन संयोजकमा श्रेष्ठ

umlकाठमाडौं, २२ असोज । नेकपा (एमाले) काठमाडौँ उपत्यका निर्वाचन परिचालन कमिटीको संयोजकको जिम्मेवारी सानुकुमार श्रेष्ठले पाएका छन् ।

एमाले उपत्यका समन्वय कमिटीका सहसंयोजक तथा अघिल्लो संविधानसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १० का प्रत्यक्षतर्फका उम्मेदवार रहेका श्रेष्ठ एमालेका वैकल्पिक केन्द्रीय सदस्य पनि हुन् । उपत्यकाका तीन जिल्लामा १५ निर्वाचन क्षेत्र छन् ।
एमाले उपत्यका कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठ काठमाडौंँ निर्वाचन क्षेत्र नं ९ को उम्मेदवार रहकाले सानुलाई निर्वाचन परिचालनको संयोजक बनाइएको हो । यस्तै, एमाले काठमाडौं जिल्ला कमिटीको आइतबार बसेको बैठकले उपाध्यक्ष कृष्ण राईको संयोजकत्वमा १ सय ९७ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बैठकले कमिटीको जिम्मेवारीमा रहेका सबैलाई सम्बन्धित भूगोल र क्षेत्रमा गएर काम गर्न निर्देशन दिएको छ । बैठकले निर्वाचनका लागि प्रचारप्रसार, र्आिर्थक र अनुगमनलगायत उपसमिति पनि गठन गरेको काठमाडौँ जिल्ला कमिटीका प्रचार विभागका सचिव शिव भट्टराईले जानकारी दिए ।
आलमको उपचारमा समन्वय गर्न उच्चस्तरीय समिति
नेकपा (एमाले)ले प्रत्यक्षतर्फका बारा क्षेत्र नं. ४ का उम्मेदवार मुहमद आलमको उपचारमा समन्वय गर्न उच्चस्तरीय सहयोग समिति गठन गरेको छ । एमालेले अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिमा केन्द्रीय सदस्य नजिर मियाा र डा. वंशिधर मिश्र रहेका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्षसमेत रहेका आलममाथि चुनाव प्रचार–प्रसारका क्रममा अज्ञात समूहले गत शुक्रबार गोली प्रहार गरेको थियो ।
उनी अहिले टिचिङ अस्पतालमा उपचारका क्रममा छन् । उनको स्वाथ्य अवस्था असाध्यै नाजुक रहेको उपचारमा संलग्न डाक्टरहरूले जनाएका छन् ।

प्रतिक्रिया