पुष्पकमल दाहाल नयाँ प्रधानमन्त्री : पुन

barsaman-punकाठमाडौ, २० असोज । एकीकृत माओवादीका नेता वर्षामान पुनले निर्वाचनमा आफूहरुको जित सुनिश्चित रहेकाले नयाँ प्रधानमन्त्रीका रुपमा अध्यक्षलाई अघि सारेको बताएका छन् ।
काठमाडौंमा आज (आइतबार) आयोजित कार्यक्रममा पुनले आगामी निर्वाचन पछि अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने बताए ।
‘एमाओवादीको बहुमत आउँछ,’ उनले भने, ‘अध्यक्षको हैसियतमा पुष्पकमल दाहाल ज्यू नै प्रधानमन्त्री बन्नु हुने छ ।’
उनले प्रत्यक्षतर्फ १ सय ८० स्थानमा जित्ने दाबी गरे । पुनले भने, ‘पार्टीले सञ्चालन गरेको एकमहिने अभियानबाट आएको तथ्याङ्क अनुसार ९० स्थानमा अहिलेनै जित निश्चित छ ।’ उनले ९० स्थानमा एमाओवादी प्रतिस्प्रधामा रहने बताए ।

प्रतिक्रिया