काठमाडौ, २० असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का अध्यक्ष कमल थापाले संविधानसभाको दोस्रो निर्वाचन पछि मुलुकमा राजसंस्था पुन:स्थापित हुने दाबी गरेका छन् ।
काठमाडौंमा आज (आइतबार) आयोजित कार्यक्रममा अध्यक्ष थापाले राजसंस्था मुलुकका लागि अनिवार्य भएको बताए । ‘विदेशीको हस्तक्षेप भित्राउन मुलुकमा परिवर्तन भएको होइन,’ उनले भने, ‘राजसंस्थाको आवश्यकता पुष्टि भईसकेकाले चुनाव पछि राजसंस्था पुन:स्थापित हुन्छ ।’
राजासहितको प्रजातन्त्र स्थापनामा राप्रपा (नेपाल)ले राष्ट्रिय सहमतिका लागि बृहद छलफल चलाउने उनले बताए ।
उनले समानुपातिक तर्फ राप्रपा (नेपाल) पहिलो पार्टी बन्ने पनि दाबी गरे । ‘समानुपातिकतर्फ राप्रपा (नेपाल) पहिलो पार्टी बन्ने छ,’ उनले भने ।
प्रतिक्रिया