काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक प्रथम राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको शुक्रबार भएको खेलमा मध्यपश्चिमले पूर्वाञ्चल महिला भलिबल टिमलाई २२–२५, २५–१६, २५–२० र २५–२० ल पराजित गर्यो । अर्को खेलमा पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–१०, २५–७ र २५–८ ले हरायो । अर्को खेलमा न्यू डाइमन्ड स्पोर्टस क्लबले नेपाल पुलिस क्लबलाई २२–२५, २५–१९, २५–१८ र २५–१५ ले पराजित गर्यो ।
प्रतियोगिताअन्तर्गत भएको खेलमा मध्यपश्चिमाञ्चल टिमका लीला खत्री, पश्चिमाञ्चल टिमका अरूणा शाही र न्यू डाइमन्ड स्पोर्टस क्लबका प्रतिभा माली प्लेयर अफ दी म्याच घोषित भए । एपिएफ र नेपाल पुलिस क्लब तथा न्यू डाइमन्ड स्पोर्टस क्लब र पश्चिमाञ्चलबीच सेमिफाइनल खेल हुनेछ ।
अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) तथा नेपाल भलिबल संघको नियमअनुसार सञ्चालन हुने सो प्रतियोगिताका खेलहरू लिग कम नकआउटको आधारमा खेलाइनेछ ।
प्रतियोगिताका सर्वोउत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने तथा उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटरलाई ट्रफी तथा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया