सिराहामा पनि दाहालको उम्मेदवारी

Puspakamal-Dahalसिरहा, १८ असोज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नं १० र सिराहा क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । एकीकृत माओवादीका मिथिला राज्य समिति सदस्य रामचन्द्र महतोले अध्यक्ष प्रचण्डको वारेस लिएर दिउँसो ३ बजे सिराहामा उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा बडहरामाल–९ का प्रकाशप्रसाद साह र समर्थकमा रामनगर मिर्चैया–६ का ध्यानी साह रहेका छन् ।

उक्त क्षेत्रबाट स्वतन्त्र उम्मेदवार सूर्यनारायण यादव, धर्मवीर नारायण श्रेष्ठ, हरिशरण ठाकुर, श्यामकुमार श्रेष्ठ र पुनमकुमारी महतोले उम्मेदवारी दिएका छन् । राष्ट्रिय स्वाभिमान पार्टीबाट लेखराज दाहाल, बहुजन समाजवादी पार्टीबाट नथुनी चमार, राप्रपा नेपालबाट कमलप्रसाद साहले पनि उम्मेदवारी दिएका छन् । त्यसैगरी, क्षेत्र नं. ३ बाट एकीकृत माओवादीका केन्द्रीय सदस्य रामरिझन यादव, कांग्रेसबाट सीतादेवी यादव, एमालेबाट प्रमोदकुमार यादवले उम्मेदवारी दिएका छन् भने १ नं. क्षेत्रबाट एकीकृत माओवादीका मुनी साह, कांग्रेसबाट पदमनारायण चौधरी, एमालेबाट राजेन्द्र महतोले उम्मेदवारी दिएका छन् । त्यस्तै, क्षेत्र नं. ४ बाट एकीकृत माओवादीका केन्द्रीय सदस्य रामकुमार यादव, कांग्रेसबाट रामचन्द्र यादव र एमालेबाट रामअवतार यादवले उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रबाट स्वतन्त्र रूपमा मनोजकुमार यादव, फूलझरीदेवी दुसाद र शत्रुधन यादवले उम्मेदवारी दिएको निर्वाचन अधिकृत शेखरचन्द्र अर्यालले वताए ।
त्यसैगरी सिराहाको क्षेत्र नं. २ बाट एकीकृत माओवादीबाट जितेन्द्र यादव, कांग्रेसबाट सूर्यनारयण यादव र एमालेबाट पूर्वमन्त्री रामचन्द्र यादवको उम्मेदवारी परेको छ । क्षेत्र नं. ६ बाट एकीकृत माओवादीका अमरनाथ यादव, कांग्रेसका गणेश मण्डल र एमालेबाट सीतादेवी साहको उम्मेदवारी दिएका छन् । त्यही क्षेत्रबाट केही दिन पहिले फोरम नेपाल प्रवेश गरेका समाजसेवी डा. उपेन्द्र महतोका भाइ डा. वीरेन्द्र महतो प्रत्यक्षतर्फ उठ्ने चर्चा भए पनि उनले उम्मेदवारी दर्ता गराएनन् । त्यस क्षेत्रबाट मातृका यादव नेतृत्वको नेकपा (माओवादी) बाट पूर्वसभासद् समेत रहेका जगतप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् भने एमालेबाट लीलानाथ श्रेष्ठको उम्मेदवारी परेको छ ।
त्यस्तै, निर्वाचनलाई बहिष्कार गरिरहेका ३३ दलमध्ये मातृका नेतृत्वको माओवादीका केन्द्रीय सदस्य जगत यादवले पार्टीलाई बाइपास गरी प्रचण्डलाई हराउन भन्दै सिराहाको क्षेत्र नं. ५ स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया