बाजुरा, १७ असोज । बाजुरा जिल्लाबाट अगामी संविधानसभा निर्वाचनका लागि टिकट पाएका एमालेका केन्द्रीय सदस्य कर्णबहादुर थापा, कांग्रेसका मनबहादुर रावल र एमाओवादी नेता सहदेव बोगटी बुधबार सदरमुकाम मार्तडी पुगेका छन् ।
सदरमुकाम मार्तडीमा आ–आफ्ना उम्मेदवारलाई कार्यकर्ताले नाराबाजीका साथ स्वागतसँगै बजार परिक्रममा गराएका थिए । सदरमुकाममा सबैभन्दा पहिला प्रवेश गरेका नेकपा एमालेका शीर्ष नेताहरू र उम्मेदवार एंव केन्द्रीय सदस्य कर्णबहादुर थापालाई एमाले नेता तथा कार्यकर्ताहरूले मार्तडीको मूल द्धारबाटै नारा जुलुसका साथ मार्तडी परिक्रमा गरी पाटी कार्यलयमा पुर्याएका थिए । कार्यकर्ताले एमालेको बाजुरा जिल्लामा जित सुनिश्ची भन्दै नाराबाजीसमेत गरेका थिए ।
एमाले पार्टीकार्यलयमा पुगेका हजाराँै कार्यकर्तालाई सम्बोधन गर्दै एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लालबहादुर थापाले बाजुरा जिल्लाका जनताको अभिमत एमालेलाई रहेकोले अब औपचारिक रूपमा जित घोषणा हुनमात्र बाँकी रहेको बताए । एमालेका नेताहरूमा विगतका जस्तो कुनै पनि फरक मत नरहेको र सिंगो एमाले एक भएको बेला सम्पूर्ण कार्यकर्तालाई एक भएर लाग्नसमेत उनले आग्रह गरे ।
बाजुराबाट काठमाडौंमा गएका एमाले नेताहरू केन्द्रीय सदस्य कर्णबहादुर थापा, जिल्ला कमिटी अध्यक्ष लालबहादुर थापा, अञ्चल कमिटी सदस्य हिक्मत शाही, प्रकाशबहादुर शाह, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य अजबहादुर मल्ल, मिनबहादुर बिष्टलगायतका नेताहरू मंगलबार सदरमुकाम मार्तडी पुगेका थिए ।
एमाले नेताहरू सदरमुकाम मार्तडी प्रवेश भएको केही छिन मै नेपाली कांग्रेसबाट टिकट पाएका जिल्ला सभापति मनबहादुर रावललाई पनि सर्मथकहरूले नाराबाजीका साथ सदरमुकाम मार्तडीमा प्रवेश गराएका थिए भने एमाओवादीकाा नेता भने कसैलाई थाहा नदिने गरी सदरमुकाम प्रवेश गरेका थिए ।
नेकपा एमाले प्रचार विभागका अनुसार बिहीबार बिहान १० बजे एमालेको तर्फबाट प्रत्यक्ष निर्वाचनका लागि नेता कर्णबहादुर थापाको नाम दर्ता गर्ने जनाएको छ । यसपाली बाजुराबाट नेकपा एमालेबाट केन्द्रीय सदस्य कर्णबहादुर थापा, एमाओवादीबाट शहदेव बोगटी, कांग्रेसबाट मनबहादुर रावल र राप्रपाबाट चन्द्रबहादुर शाह निर्वाचनमा लड्ने भएका छन् ।
प्रतिक्रिया