न्यास्रो हिमानीको जन्म दिन

HImani-Shahकाठमाडौं : पारसलाई बैंककबाट फिर्ता ल्याउन नसकेपछि निराश भएकी पूर्वयुवराज्ञी हिमानी शाहले मंगलबार आफ्नो जन्मदिन अनौपचारीक रुपमै मनाईन् । उनले निर्मल निवासमा केही कर्मचारीमाझ आफ्नो जन्मदिन मनाएको निवास स्रोतले जनाएको छ ।
जसरी पनि पति पारसलाई ल्याईछाड्ने भनेर केही साता अघि बैंकक पुगेकी हिमानी ६ असोजमा रित्तो हात फर्किएकी थिईन् । कुनै औपचारिक कार्यक्रम नभए पनि हिमानी ट्रष्टका पदाधिकारी लगायतका केही आफन्त जन्म दिनको शुभकामना दिन निर्मल निवास पुगेका थिए । ति सबैलाई उनले प्रत्युत्तरमा थ्यांङ्ग यु मात्रै भनेकी थिईन् ।
२०३३ साल असोज १५ गते जन्मिएकी हिमानीले जन्मदिनको अवसरमा बुधबार बिहान मातातीर्थको वृद्धाश्रम र ललितपुर स्थित हात्तिवनको अनाथ असहाय बाल उत्थानको भ्रमण गरेकी थिईन् । दुबैमा चामल, दाल र क्वााटी बााडिदिएकी थिईन् । पारसको थाई युवतीसाग चक्कर चलिरहेको र उनलाई फिर्ता ल्याउन नसकेपछि उनी निराश रहादै आएकी थिइन् । हिमानीका ३ सन्तान छोरीहरु पूर्णिका र कृतिका र छोरा हृदयेन्द्र छन् । उनले बुधबार नारायणहिटी स्थित वृद्ध हजुरआमा रत्नराज्य लक्ष्मी शाह र कमलादी स्थित फुपु सासु शोभा शाहीलाई निवासमै पुगेर भेटेकी थिईन् । (सौस)

प्रतिक्रिया