अशोक र अरिनालाई उपाधि

Clambingकाठमाडौं, १३ असोज । त्रिचन्द्र बहुमुखी क्याम्पसका अशोक लामा र रेनबो इन्टरनेसनल कलेजकी अरिना श्रेष्ठले दोस्रो अन्तरकलेज बाल क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि जितेका छन् । शनिबार सम्पन्न प्रतियोगिताा अशोक पुरुष तथा अरिना महिलातर्फ च्याम्पियन बनेका हुन् । अरिना गत संस्करणमा तेस्रो भएकी थिइन् । पुरुषमा साविक विजेता नेपाल कलेज अफ ट्राभल एन्ड टुरिजमका संगम केसीले दोस्रो स्थानमा चित्त बुझाए भने नेपाल कमर्स क्याम्पसका ध्रुव बिष्ट तेस्रो भए । क्यानभास इन्टरनेसनल कलेजका सुजित कँडेल चौथो र सरस्वती बहुमुखी क्याम्पसका सञ्जीव गुरुङ पाँचौँ भए ।

पर्वतारोहण तथा रक क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसन नेपालद्वारा आयोजित प्रतियोगिताको महिलामा श्याम वेल्फेल उमाविकी पार्वती जोशी दोस्रो तथा क्लाइम्बिङ क्लबकी मन्जु लामा तेस्रो भए । चारूमती मित्र ओपन स्काउट टुपकाद्वय कृष्णाकुमारी कार्की र रन्जुकुमारी मण्डल क्रमश: चौथो र पाँचौँ स्थानमा रहे । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमश: १५ हजार, १० हजार र पाँच हजारका दरले नगद पुरस्कारसहित पदक र प्रमाणपत्र प्राप्त गरे । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, पर्वतीय खेलकुद महासंघका उपाध्यक्ष कृष्ण अर्याल, सेन्ट्रल फाइनान्स लिमिटेडका निर्देशक दशरथ रिसाललगायतले पुरस्कार प्रदान गरे । ३४औँ विश्व पर्यटन दिवसको अवसरमा बालाजु औद्योगिक क्षेत्रमा सञ्चालित तीनदिने प्रतियोगिताको पुरुषतर्फ ७८ र महिलामा १३ खेलाडीले भाग लिएको आयोजकका महासचिव मेघराज पौडेलले जनाएका छन् ।

प्रतिक्रिया