अदिती र सोफियाको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं : लिंकनका अदिती धिताल र सोफिया शाहले तेस्रो एनएसए नेपाल आइस पौडी प्रतियोगितामा शनिबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । सातदोबाटोस्थित पौडी पोखरीमा अदितीले महिलाको ४ सय मिटर फ्रिस्टायल ५ मिनेट ३६.२७ सेकेन्डमा पूरा गर्दै कोलोम्बोमा भएको १०औँ सागमा करिश्मा कार्कीले बनाएको ५ मिनेट ४०.८८ सेकेन्डको कीर्तिमान भंग गरिन् । अदितीको यो करियरकै पहिलो कीर्तिमान हो ।
प्रतियोगिताअन्तर्गत सोफियाले महिलाको १ सय मिटर फ्रिस्टायल १ मिनेट ०६.१२ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको १ मिनेट ०७.२३ सेकेन्डको कीर्तिमानमा सुधार गरिन् । सोफियाले दुबइमा यसै वर्ष भएको चौथो जुनियर फिना विश्व पौडीमा उक्त कीर्तिमान बनाएकी थिइन् ।

प्रतिक्रिया