जुडोमा काठमाडौंको अग्रता

Judo-todays-gold-medalistकाठमाडौं, ३० भदौ । काठमाडौंका दीपककृष्ण श्रेष्ठ र नेपाल आर्मी क्लब ‘बी’का कालुमान तामाङले १२औँ राष्ट्रिय जुडो प्रतियोगिताको शनिबार भएको स्पर्धामा स्वर्णपदक जितेका छन् । नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको पुरुषको ८१ केजीमुनि ११औँ सागका कांस्यधारी दीपकले सप्तरीका रमेश चन्द तथा ९० केजीमाथि कालुमानले आर्मी ‘ए’का शिवबहादुर बरामलाई पराजित गरे ।
पुरुषकै ५५ केजीमुनि काठमाडौंका उमेश मगरले ललितपुरका दिवाकर बस्नेत तथा ६६ केजीमुनि काठमाडौंका रमेश मगरले आर्मीका पवनकुमार श्रेष्ठलाई पाखा लगाउँदै पहिलो स्थान हात पारे ।
नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको महिलातर्फ ४८ केजीमुनि आर्मीकी लीला अधिकारीले काठमाडौंकी सीता सार्की, ५७ केजीमुनि नेपाल प्रहरी क्लबकी सुशीला अधिकारीले आर्मीकी कविता पुन तथा ७० केजीमुनि प्रहरीकी इन्दिरा राईले कञ्चन्पुरकी पासाङ तामाङलाई निराश पार्दै शीर्ष स्थान कब्जा गरे । प्रतियोगितामा ५ स्वर्णपदकसहित काठमाडांै शीर्ष स्थानमा रहेको छ । पुलिस क्लबको चार तथा नेपाल आर्मीको तीन स्वर्णपदक रहेको छ । ‘हामी उपाधि यात्रामा लम्किएका छाँै । सबै खेलाडीको मिहिनत र प्रशिक्षणको कारण नै हामं्रो टोली बलियो भएको हो ।’ दोस्रो दिनको खेलपछि  प्रतियोगिताको अन्तिम दिन आइतबार पुरुष/महिलाको टिम इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया