‘ओष्कार’मा जान बाटो खुलेपछि खुसीयाली

Diya-Maskey-Oskarकाठमाडौं । ओस्कारमा जानका लागि नेपाली चलचित्र ‘सुनगाभा’ले बाटो पाएपछि कलाकार र निर्माण पक्षबीच खुसीयाली छाएको छ ।
‘सुनगाभा’ले नेपाली चलचित्रको प्रतिनिधित्व गर्दै ओस्कारमा सहभागिता जनाउन लागेको हो । नेपालस्थित विदेशीभाषी सर्वोत्कृष्ट चलचित्र छनोट समितिबाट आगामी ओस्कारका लागि ‘सुनगाभा’ छनौट भएको छ ।
ओस्कारमा सहभागितका लागि ‘सुनगाभा’ छनौट भएपछि नायिका दीया मास्केले खुसी व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेखेर खुसी जनाएकी हुन् ।
समलिङ्गी युवतीको प्रेमकथामा निर्माण भएको ‘सुनगाभा’ केहीमहिना अगाडि नेपालमा सार्वजनिक प्रर्दशनमा आएको थियो ।
साँघुरो, शीरिषको फूल र बधशालालाई उछिनेर ‘सुनगाभा’ले बाजीमारेको छ । विमल पौडेल अध्यक्ष रहेको छनौट समितिले ओस्कारमा ‘सुनगाभा’लाई पठाउने निर्णय गरेको थियो । समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, राजु विक्रम थापा र लोकेन्द्र पराजुली छन् ।
ओस्कारको मुख्य छनौट समिति पछि मात्रै सन् २०१४ मार्च २ तारिखका दिन अमेरिकाको लस एन्जेलसमा हुने ८६ औं ओस्कर चलचित्रले सहभागिता पाउने छ ।
यस अगाडि नेपाली चलचित्र ‘क्याराभान’ले सन् १९९९ मा ७२ औं ओस्कारका सहभागिता जनाएको थियो ।
सुवर्ण थापाद्वारा निर्देशित ‘सुनगाभा’मा निशा अधिकारी र दीया मास्केले समलिङ्गी युवतीको भूमिकामा अभिनय गरेका छन् ।

प्रतिक्रिया