भारत चुनाव मंसिरमा भएको हेर्न चाहन्छ

Sushil Koirala 4काठमाडौं, २५ साउन । कांग्रेस सभापति सुशील कोइरालाले भारतले मंसिर–४ मै संविधानसभाको चुनाव सम्पन्न भएको हेर्न चाहेको बताएका छन् ।
६ दिने भारत भ्रमण पूरा गरी आज (बिहीबार) स्वदेश फर्किए पछि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा कोइरालाले भने चुनावका सम्बन्धमा कसैसँग सम्झौता नहुने बताए ।
‘चुनाव त अब हुन्छ हुन्छ । उहाँहरुसँग पनि मैले चुनाव मंसिर–४ गते नै हुन्छ भनेको छु,’ कोइरालाले भने, ‘चुनावमा कुनै किसिमको सम्झौता हुँदैन ।’
उनले भारतले नेपालमा चुनाव भए मात्र शान्ति, स्थायित्व, लोकतन्त्रलाई सहयोग पुग्ने विष्लेशण गरेको आफूले पाएको बताए ।
चुनावको तिथिमिति आइसकेको र कार्यतालिका पनि सार्वजनिक भइससकेकाले चुनाव हुने विश्वस्थ हुन भारतसंग आग्रह गरेको उनको भनाई छ । ‘चुनावका लागि आवस्यक सहयोग गर्न आग्रह गरेको छु,’ कोइरालाले भने । उनले आफ्नो भारत भ्रमण सफल र फलदायी भएको समेत बताए ।
‘प्रधानमन्त्री, परराष्ट्रमन्त्री, सोनिया गान्धीलगायतका नेताहरुसँगको भेटघाटमा उनीहरु नेपालप्रति अन्त्यन्तै सद्भाव पाएँ’, कोइरालाले भने, ‘उहाँहरुको मुख्य कुरा नेपालमा शान्ति, स्थायित्व, लोकतन्त्र र विकास होस् । र यसका निम्ति सहयोग जहिले पनि रहनेछ ।’
उनले सोनिया गान्धीले आफूसँगको भेटमा संघीयताबारे चासो राखेको बताए । भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंहको औपचारिक निमन्त्रणमा कोइराला गत आइतबार भारत भ्रमणमा गएका थिए ।
भारत भ्रमणका क्रममा उनले दार्चुलामा गएको बाढी पहिरो पीडितका बारेमा कुरा उठाएका थिए । उनले उठाएको सो कुरालाई आम जनमानसले सकारात्मक रुपमा हेरेका छन् ।

प्रतिक्रिया