अत्याधिक रक्तश्राव पछि सुत्केरीको मृत्यू

Sutkeriधनगढी, १२ साउन । कैलालीको सुगरखाल–२, ताम्चाकी एक महिलाको अत्याधिक रक्तस्रावका कारण मृत्यू भएको छ ।
सुत्केरी व्यथाले च्यापेपछि १८ वर्षीया जसु नेपालीको शुक्रबार रक्तश्रावका कारण मृत्यू भएको आफन्तले जनाएका छन् ।
किशोराअवस्थामै गर्भवती जसुको उपचारका लागि स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै मृत्यू भएको हो ।
स्थानीय खोलामा आएको बाढीले खोला तर्न नसकेपछि सामयमा उपचार अभावले उनको बाटोमै मृत्यू भएको सुगरखाल स्वास्थ्यचौकी इञ्चार्ज जयनन्द जैशीले बताए ।
ताम्चादेखि सुगरखाल गाविसको सोल्टा स्वास्थ्य चौकी पुग्न करीव चारघण्टा र सुर्खेतको वेतान स्वास्थ्य चौकी पुग्न झण्डै तीनघण्टा लाग्छ ।

यसैबीच, सुगरखालस्थित स्वास्थ्य स्वास्थ्यचौकी अनमीबिहीन भएको छ ।
स्वास्थ्य चौकीमा प्रसूति सेवा भएपनि अनमी विमला कार्कीलाई स्वास्थ्य मन्त्रालयले सरुवा गरेपछि चौकी अनमीबिहीन हुन पुगेको हो ।
अहिले स्वास्थ्यचौकीमा एकजना मात्र अनमीको दरबन्दी छ । करारमा रहेकी अम्बिका रावलको पनि म्याद सकिएको छ ।
स्वास्थ्य चौकीमा मासिक ३०–३५ प्रसूति सेवा लिन महिला आउने गरेको स्वास्थ्य चौकी इञ्चार्ज जैंशीले बताए ।

(फाईल तस्विर)

प्रतिक्रिया