दलित अगुवाद्वारा सहयोगको अपील

Shivraj-Bkकाठमाडौं । चेतनाको दैलो नखुल्दै आमाको आँचल, बाबुको स्नेह मैले गुमाई सकेको थिए । मध्यपहाडी क्षेत्र, त्यहाँको एकगाउँ, जहा मेरो जन्म त भयो तर जन्म दिने आमा र बाबुलाई मैले सम्झने गरी देख्न पाइन ।
बाल्य अबस्थामै आमा र बाबुले मलाई छाडी अर्को धर्ती तिर लागेछन् । रगतसँग साइनो जोडिएका आफ्न्तजन मैले भेटन सकिन । एकातिर मलाई आफ्न्तको सहारा आवश्यक थियो भने अर्काेतिर खाना लाउनको निकै समस्या भयो ।
बस्नका लागि रिम–५ सल्यानमा एक झुप्रो थियो । झुप्रोले न बर्षाको पानी थाम्थ्यो । न गर्मीयाममा शीतलता दिन्थ्यो । कयौ पुस/माघ मेरा लागि सैतानी दिन भएर आउथ्ये ।
पुस माघको जाडो छल्न कसैको घरमा आश्रय पनि लिन म सक्दैनथे । किन भने म त्यो समाजका लागि दलित थिए । यी समयसंगै म हुर्के बढे । यतिकैमा एक्लो शरीर पाल्न म भारतको कालापहाडतिर लागे झण्डै १२ बर्षजतीको मेरो उमेर थियो ।
कलापहारमा नेपाली दाजुभाईले एक छाक टार्न निकै ठूलो शारीरक मेहनत गर्थेभने मानसिक यातना पनि त्यति नै पाउथे । त्यही बेला मलाई एउटा सोच जाग्यो । संसारमा मेरा लागि गुमाउने केही छैन तर समाज परिवर्तन भए पाउन सक्ने कुरा धेरै छ । म समाज परिवर्तनको बाटोमा लागे । त्यो समय देखि म शिवराज बिक निरन्तर समाज परिवर्तनको बाटोमा लागि रहे ।
त्यही क्रममा मेले बिबाह पनि गरे । अहिले मेरा तीन छोरी र एक छोरा छन् । सम्पतिका नाममा बस्ने गरेको सामन्य बाटोको घर बाहेक अरु केही छैन । दैनिक मजदुरी गरी ६ जनाको परिवार पाल्दै आएको छु । त्यतिकैमा २०७० साल बैषाख–१ गते म एकाएक बिरामी परे ।
औषधि उपचारका लागि मसँग पैसा थिएन । बिरामी अवस्थामै शारीरिक श्रमको मजदुरी नगरे चुलो जल्दैनथ्यो । सकीनसकी म दुई दिन मजदुरीमै गए । तर अव शरीरले धान्न नसक्ने भयो । त्यसपछि केही साथीभाईसंग ऋण लिएर उचारका लागि नेपालगञ्जस्थित भेरी अन्चल अस्पताल पुगे ।
अस्पतालले दुई वटा मृगौला फेल भएको रिपोर्ट दियो । अव मेरा लागि ठूलो समस्या भयो । मृगौला प्रत्यारोजन गर्ने म संग आर्थिक सामर्थ थिएन । अर्काे पिरोलो थियो मेरा बालबच्चाको । उनीहरुको गासबास कसरी जुट्ला ? म अस्पतालको बेडमै आहत भए ।
मेरा चाहनाहरु पनि विलखबन्द भए । मेरी दुई छोरीले मृगौला दिने निर्णय गरे । तर दुवै छोरीको मृगौलामा पत्थरी देखियो ।
अव बाच्ने आशा कम हुँदै गयो । उपचार पाए म बाच्छु तर आर्थिक अभावका कारण उपचार गर्न म सक्दिन । यतिकैमा मेरो श्रीमतिले मलाई मृगौला दिन तयार भइन । बाच्ने आशा फेरि जाग्यो । श्रीमतिले मृगौला दिँदा पनि त्यसलाई प्रत्यारोजन गर्न १० लाख रकम आवश्यक पर्ने सल्लाहा डाक्टरहरुले दिए ।
तर १० लाख रकम म कहाँ बाट पाउनु मेरा आशा फेरि निराशामा परिणत हुँदै गएको छ । अहिले प्रत्येक हप्ता डाइलोसिल गरिरहेको छु । प्रतिमहिना १५ हजार खर्च हुन थालेको छ । उपचार र घरको चुलो बाल्दा तीनलाख ऋण लागि सक्यो ।
मृगौला प्रत्यारोजन नगर्दै ऋणले चुली नाघि सक्यो । मेरा केही साथीहरुले मृगौला प्रत्यारोजनका लागि आर्थिक सहयोग गर्ने भन्दै एभरेष्ट बैकमा खाता खोली दिएका छन् । ००२००५०१२०८५९९ नम्बर खाता रहेको छ ।
अहिले म उपचार सहयोगका लागि भौतारिरहेको छु । मेरा सन्तानलाई भोकबाट बचाउन मेरो जिन्दगी बाच्न जरुरी छ । जव शरीरमा पीडा हुन्छ त्यही बेला मेरा बालबच्चाको अनुहार प्रतिविम्बित हुन्छ । हे भगवान । म अव अरु भगवानको होइन सहयोगी भगवानको पर्खाइमा छु । सहयोगी भगवान नभए म लगाएत ६ जनाको परिवार निकै बिचल्लीमा पर्नेछ । मानव मानवकै काम आउँछ । मलाई बचाउन आर्थिक सहयोग गरी मेरो भगवान वनिदिनुस । उफ ।

प्रतिक्रिया