निर्वाचन बहिष्कार गर्दैनौं : अध्यक्ष यादव

Upendra-Yadavकाठमाडौं, ७ साउन । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मंसिर–४ गते संविधानसभाको निर्वाचन हुन नसक्ने बताएका छन् ।
मिडिया इन्टरनेसनलले आज (सोमबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले तीनदलीय सिन्डिकेट र बर्तमान सरकारले नै निर्वाचन गराउन नचाहेको आरोप लगाए । उनले संविधान बन्ने सुनिश्चितता नभएसम्म निर्वाचनको कुनै औचित्य नभएको बताए ।
‘केही नेता र निर्वाचन आयोगले चुनाव हुन्छ भन्दैमा चुनाव हुन सक्दैन,’ उनले भने, ‘सार्थक चुनाव र संविधनानसभाको सुनिश्तिचता चाहन्छौं ।’ उनले आफूहरुले चुनाव बहिस्कार नगर्ने बताए ।
फोरम अध्यक्ष यादवले मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताए । उनले अहिले गर्ने गोलमेच सम्मेलनको बैधानिकता प्रष्ट नभएको बताए ।

प्रतिक्रिया