३३ दलीय मोर्चालाई वार्ताका लागि आग्रह

sarkar logoकाठमाडौं, ४ साउन । सरकारले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई वार्ताका लागि औपचारिक आह्वान गरेको छ ।
गृहमन्त्री समेत रहेका मन्त्रिपरिषद् परामर्श तथा समन्वय समितिका संयोजक माधवप्रसाद घिमिरेले आज (शुक्रबार) लिखित पत्र पठाई वार्ताका लागि आह्वान गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हालै नेकपा–माओवादीले वार्ता गर्ने निर्णय गरेको र त्यस प्रयोजनको लागि वार्ता समिति समेत गठन गरेको विषयलाई नेपाल सरकारले सकारात्मक रुपमा लिई स्वागत गरेको छ ।’
‘मुलुकका समस्या वार्ता, सम्वाद र छलफलबाट समाधान हुनेमा नेपाल सरकार विश्वस्त छ,’ घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारका तर्फबाट नेकपा–माओवादी र सम्बद्ध मोर्चालाई वार्ताका लागि पुन: हार्दिक आमन्त्रण गर्दछु ।’
सरकारले वार्ताको स्थान र समय दुबै पक्षको सहमतिमा निर्धारण गर्न सकिने जनाएको छ ।
सर्त नराखेर वार्ताका लागि नेकपा–माओवादीले इच्छा जनाए पछि सरकारले औपचारिक रुपमै वार्ताका लागि बोलाएको छ ।
नेकपा–माओवादी र सम्बद्ध मोर्चासँग औपचारिक वार्ता हुन नसकेको जनाएका घिमिरेले नेकपा–माओवादीको वार्ता समिति गठन भएकोमा स्वागत गरेका छन् ।

प्रतिक्रिया