अपराधीलाई ‘डन’ भनिदिनु भएन : शर्मा

Bigyan-Raj-Sharmaदोलखा, २० असार । नेपाल प्रहरीका मध्य क्षेत्रका डिआईजी विज्ञानराज शर्माले अपराधीहरुलाई सञ्चारकर्मीहरुले ‘डन’को उपमा दिएकाले उनीहरुको मनोबल बढेको बताए ।
दोलखामा आज (बिहीबार) पत्रकारसँग कुरागर्दै डिआईजी शर्माले अपराधी र अपराधलाई सबै मिलेर समाप्त गर्नुपर्ने बताए ।
‘पत्रकारहरुले पनि आपराधिक काम गर्नेलाई ‘डन’ भन्नु भएन,’ उनले भने, ‘आपराधिक पृष्ठभूमि भएकाहरुलाई समाप्त गर्न प्रहरी सक्षम छ ।’
प्रहरीसँग क्षमता भएपनि आवश्यक जनशक्ति र भौतिक सुविधाको अभावमा काम गर्न समस्या भएको उनले बताए । सुरक्षा निकायलाई बजेट अभाव हुन नदिन सरकारले ध्यान दिनुपर्ने डिआइजी शर्माको भनाई थियो ।

प्रतिक्रिया