भक्तपुरकी सरू छात्रातर्फ नेपाल टप

Saruभक्तपुर : सानै उमेरदेखि लगनशील र मिहिनेती छात्रा सरू श्रेष्ठले २०६९ को प्रवेशिका परीक्षमा छात्रातर्फ नेपाल टप गरेकी छिन् ।
उनले भक्तपुरको मध्यपुर ठिमीस्थिति ग्ल्याडस्टोन एकेडेमीकी विद्यार्थी हुन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले हिजो प्रकाशन गरेको नतिजाअनुसार सिम्बोल नम्बर ०२८३६९० ‘डि’का छात्रा सरू श्रेष्ठले ९३.५० प्रतिशत ल्याएकी छिन् । ७ सय ४८ अंक प्राप्त गरी छात्रातर्फ प्रथम भएको प्रिन्सिपल विनोदकुमार कोइरालाले दाबी गरेका छन् ।
श्रेष्ठले यस वर्षको प्रवेशिका परीक्षामा अनिवार्य अंग्रेजी विषयमा ९७, नेपाली ८७, अनिवार्य गणितमा ९७, विज्ञानमा ९३, सामाजिकमा ८२, स्वास्थ्य तथा वातावरणमा ९७, ऐच्छिक  गणितमा ९९ र कम्प्युटर विज्ञानमा ९६ अंक प्राप्त गरेकी छन् । (सौस)

प्रतिक्रिया