‘एकलौटी निर्वाचन गराए प्रतिकार गछौं’

Ram

काभ्रे २५ जेठ । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले असन्तुष्ट राजनीतिक दलहरुलाई सहमतिमा नल्याई एकलौटी निर्वाचन गरे त्यसको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
काभ्रेमा आज (शनिबार) आयोजित नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको प्रथम राष्ट्रिय यूवा भेला तथा प्रशिक्षण कार्यक्रममा थापालो जबर्जस्त निर्वाचन गरे सशक्त प्रतिकारमा उत्रिन पार्टी निकट यूवाहरुलाई निर्देशन दिए ।
‘चुनाव गराउनु भनेको नेपाललाई सिक्किमिकरण गर्नु हो,’ उनले भने, ‘सिक्किमिकरणबाट रोक्नपनि निर्वाचन गर्नुहुन्न ।’
खिलराज रेग्मी नेतृत्वको सरकारले राजीनामा दिए सहमतिको वातावरण बन्ने उनको भनाई छ । महासचिव थापाले राजनीतिक सहमतिमा नयाँ दलीय सरकार गठन गर्नुपर्ने बताए ।
‘चार दलका नाममा पेलेरै निर्वाचन हुन सक्ने भए आजसम्म निर्वाचनको मिति घोषणा भैसक्ने थियो,’ थापाको टिप्पणी गरे, ‘निर्वाचनको मिति घोषणा गर्नै धौ–धौ भएको सरकारले निर्वाचन गराउँनै सक्दैन ।’

प्रतिक्रिया