हुम्लामा सीता एयरको विमान दुर्घटना

Sita Air Humla souryadaily 1हुम्ला, १८ जेठ । हुम्लाको सिमकोट विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको विमान दुर्घटना भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । नेपालगञ्जबाट हुम्लाका लागि उडेको नाइन एन एएचबी विमान आज बिहान ७ बजेर १० मिनेटमा सिमकोट विमानस्थलमा अवतरण गर्ने क्रममा पखेटा भित्तामा ठोक्किदा दुर्घटना भएको हो ।
विमानमा चालक दलका दुई सदस्यसहित पाँच यात्रु थिए । खराव मौषमका कारण दुर्घटना भएको अनुमान गरिएको छ । आज बिहानै देखि विमानस्थलमा बाक्लो हुस्सु लागेको थियो ।
धावनमार्गमै विमान दुर्घटना भएकाले अन्य विमान अवतरण गर्न कठिनाई भएको छ । (तस्विर फेसबुक)

प्रतिक्रिया