लन्डन : मैत्रीपूर्ण फुटबल खेलमा बिहीबार जापान र अमेरिकाले पराजय सामना गरेका छन् । एसियाली महाशक्ति जापानले बुल्गेरियासँग २–० ले पराजय बेहोर्यो भने बेल्जियमविरुद्ध उत्रिएको अमेरिका ४–२ ले निराश भयो । बुल्गेरियाको जितमा स्टानिसलाभ मानोलेभले एक गोल गरे भने थप गोल जापानका माकाटो हासेबेबाट आत्मघाती रह्यो । यता अमेरिका बेल्जियमविरुद्ध कमजोर रह्यो । विजयी टोलीका लागि किस्टियन बेन्टेकले दुई तथा केभिन मिरालास र मारौने फेलानीले एक/एक गोल गरे । किन्ट डेम्पसे र क्यामरुनले अमेरिकाका लागि गोल फर्काएका थिए । (एजेन्सी)
प्रतिक्रिया