′चार दलले चाहेपनि लोकमान फिर्ता हुँदैनन्′

prachandaपोखरा, २९ वैशाख । एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले विरोध गरेकै भरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई फिर्ता गराउन नसकिने दावी गरेका छन् ।
पोरखामा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष दाहालले संवैधानीक परिषद्को सिफारिसमा राष्ट्रपतिले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गरिसकेकाले विरोधको कुनै तुक नरहेको समेत टिप्पणि गरे । ‘चार दलबीचको लामो छलफल र बहसपछि मात्र लोकमानको मान सिफारिस गरिएको हो । अहिले कुनै एक दललाई मात्र दोष दिन मिल्दैन, दाहालले भने, ‘अब कसैले चाहेर पनि कार्कीलाई फिर्ता गर्न सकिन्न । निर्वाचनपछि संसदीय सुनुवाई समिति र अदालतले मात्र गर्न सक्छ ।’
गैरराजनीतिक व्यक्ति खोज्दै जाँदा लोकमानसिंह भेटिएको दाहालले उल्लेख गरे ।
उनले असन्तुष्ट दलहरुलाई सहमती ल्याएर कात्तिक अन्तिम वा मंसिर पहिलो साता निर्वाचनको मिति घोषणा हुनुपर्ने बताए ।

प्रतिक्रिया