महिलाको शव फेला, भीरबाट लडेर पुनको ज्यान गयो

Rolpa Districtरोल्पा, २६ बैशाख । रोल्पामा बिहीवार एकजना महिलाको बेवारिसे अवस्थामा शव फेला परेको छ ।
जिल्लाको ह्वामा र जंकोट गाविसको सिमानामा रहेको ह्वामा–२ निवासी २३ वर्षीया दलु बुढामगरको भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । बुढामगरको मृत्युको कारण नखुलेकाले घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सरोज पौडेलले जनाएका छन् ।
यस्तै आज भिरबाट लडेर रोल्पाको खुङ्ग्रीमा एकजनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा खुङ्ग्री गाविस वडा नं.–८ खलसिंगे निबासी ३३ वर्षीय टेकेन्द्र पुन रहेका छन् । पुन गाउँ नजिकैको भिरमा घाँस काट्ने क्रममा लडेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया