चितवनमा ‘सेक्स टोय’र कन्डम बिक्री बढ्दो

addsexlifeचितवन, ३ वैशाख । चितवनमा यौन खेलौना (सेक्स टोय) र कन्डमको बिक्री बढ्दै गएको छ । जिल्लामा मासिक एक लाख रुपियाँ बराबरको कन्डम बिक्री हुने गरेको चितवनमा दुई वर्षअघि स्थापना भएको चितवन कन्डम हाउसले जनाएको हो ।

हाउस तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा हाउसले कन्डम र ‘सेक्स टोय’ बिक्रीबाट उठेको रकम करिब करिब बराबर हुने गरेको हाउस सञ्चालक तुलसी रिमालले जानकारी दिए । यहाँ १५ वर्षदेखि ७० वर्षसम्मका पुरुषले कन्डम खरिद गर्ने गरेका छन् । १७ वर्षभन्दा माथिका महिला कन्डम र यौन खेलौना खरिदका लागि आउने गरेको उनले बताए ।
‘उपत्यका बाहिर पहिलोपटक हाउस सञ्चालन गर्दा निक्कै कठिन भएको थियो,’ हाउसकै अर्का सञ्चालक नेत्र पौडेलले भने, ‘अहिले ग्राहकको संख्या सोचेभन्दा बढी छ, उनीहरूको सुविधाका लागि ‘होम डेलिभरी’को समेत व्यवस्था गरेका छौँ ।’
चितवनसहित मकवानपुर, वीरगञ्ज, जनकपुर, नवलपरासी, बुटबल, नेपालगन्ज, कञ्चनपुरलगायतका स्थानबाट पनि कन्डम र ‘सेक्स टोय’ माग हुने गरेको छ । हाउसमा पाँच देखि आठ सय रुपियाँ पर्ने कन्डम र दुई हजारदेखि १७ हजारसम्म पर्ने ‘सेक्स टोय’ पाइन्छन् ।

प्रतिक्रिया