शनिशा रंगमञ्चमा व्यस्त

काठमाडौँ । केही वर्षअघि मात्र म्युजिक भिडियोमार्फत कलाक्षेत्रमा देखिएकी शनिशा भट्टराई अहले रंगमञ्चमा व्यस्त छिन् । चलचित्र भने उनले गतवर्षको ‘१२ गाउँ’बाट डेब्यु गरेकी हुन् । उनी अभिनीत दोस्रो चलचित्र ‘नरसिंहा अवतार’ हालै प्रदर्शनमा आएको थियो । छोटो समयमै अभिनयमा राम्रो चर्चा पाउन सफल उनी अहिले चलचित्रबाट नाटकमा फड्को मार्न सफल भएकी छिन् । कान्तिपुर थिएटरले मञ्चन तयारी गरेको पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’ माथिको नाटकमा उनले ‘सकम्बरी’को मुख्य भूमिका निर्वाह गर्न लागेकी छन् । नाटकको अहिले कार्यशाला चलिरहेको छ । जसमा उनी जुटिरहेकी छन् । नाटकमा सनिशाको अपोजिटमा एक समयका चर्चित अभिनेता जीवन लुइँटेल देखिँदै छन् । जीवनले नाटकमा सुयोगवीरको भूमिका निर्वाह गर्नेछन् । साउन पहिलो सातादेखि नाटकको मञ्चन सुरु हुने कान्तिपुर थियटरका सिइयो प्रकाश पुरीले जानकारी दिए ।

प्रतिक्रिया