बक्स अफिस तथ्यांक पेस गर्न बोर्डको निर्देशन

काठमाडौँ । चलचित्र विकास बोर्डले देशभरका प्रदर्शकलाई अनिवार्यरूपमा बक्सअफिस तथ्यांक पेस गर्न निर्देशन दिएको छ । बोर्डले एक पत्र लेख्दै देशभरका १६६ हललाई तथ्यांक उपलब्ध गराउन अनुरोध गरेको छ । १६ असारदेखि रियल टाइम बक्सअफिस व्यवस्थापन प्रणाली सञ्चालनमा आएको जनाउँदै बोर्डले तथ्यांक पेस गर्न निर्देशन दिएको हो । तथ्यांक नदिने हललाई कानुनको उल्लंघन मान्दै चलचित्र नियमन र सम्बन्धित ऐनअनुसार कारबाही गर्ने चेतावनीसमेत पत्रमा उल्लेख छ । बोर्डले प्रदर्शकको छाता संस्था नेपाल चलचित्र संघलाई समेत पत्र लेखेको छ ।

बोर्ड स्थापनाको २५औँ वार्षिकोत्सवको अवसरमा रियल टाइम बक्सअफिस व्यवस्थापन प्रणाली सुरु भएको जनाइएको थियो । बोर्डका अनुसार एन्ड्रोइड अपरेटिङ सिस्टम भएका मोबाइलमा बक्सअफिसको एप सञ्चालनमा आइसकेको छ भने एप्पलको आइओएस अपरेटिङ सिस्टममा आउन बाँकी छ ।

हाल पहिलो चरणको छायांकन सम्पन्न गरेको ‘बाटुलो जुन’ मा नवकलाकार स्नेहा भट्टराई जोडिएकी छन् । चलचित्र ‘मोदीबेनी’ बाट सिनेक्षेत्रमा प्रवेश गरेकी उनी ‘बाटुलो जुन’ मा सेकेन्ड लिड अभिनेत्रीको रूपमा देखिने छिन् । यो चलचित्रको कलाकारहरूमा पहिलो चरणको छायांकन अगाडि अनमोल केसी र प्रिन्सी खतिवडाको मात्रै नाम खुलाइएको थियो । छायांकनपश्चात भट्टराई पनि रहेको खुलेको हो । उनको यो दोस्रो चलचित्र हो । सहायक अभिनेत्रीको रूपमा ‘बाटुलो जुन’ मार्फत देखिने भएकी हुन् । हाल चलचित्रको पहिलो चरण छायांकन सकिएसँगै स्नेहाको पनि केही भाग छायांकन सम्पन्न भएको छ । अब बाँकी छायांकन भने भदौमा हुनेछ । सो बेला उनको अन्य भागको सुटिङ हुने जनाइएको छ ।

अडिसनमार्फत आफ्नो अभिनय मन परेर अनि चलचित्रको क्यारेक्टरमा आफू सुहाउने भएकोले निर्माण युनिटको रोजाइमा परेको बताइएको छ । आफूले पनि सो क्यारेक्टरलाई न्याय दिन सक्दो प्रयास गरेको र सो भूमिकाप्रती आशावादी रहेको सुनाइन् । यो चलचित्र ‘बाटुलो जुन’लाई भुवन केसीले निर्देशन गर्दैछन् भने निर्मातामा जिया केसी रहेकी छन् । चलचित्र सनराइज पिक्चर्सको ब्यानरमा निर्माण हुँदै छ भने यसै वर्षको अन्त्यसम्म रिलिज गर्ने योजना निर्माण टिमको रहेको छ ।

प्रतिक्रिया