अब ८ प्रकारका गम्भीर रोगका बिरामीलाई २ लाखसम्मको उपचार सुविधा

काठमाडौँ । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नागरिकले विभिन्न ८ प्रकारका गम्भीर रोगको २ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने भएका छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हाल १ लाखसम्मको उपचार सुविधा दिइँदै आएकामा साउन १ गतेदेखि दोब्बर बनाउने घोषणा गरेका हुन् ।

‘कडा रोग लागेर उपचार खर्च जुटाउन नसक्ने नागरिकको पीडामा राहत दिन साउन १ गतेदेखि यो निर्णय लागू हुनेछ,’ फेसबुकमा उनले लेखेका छन् । मन्त्री पौडेलका अनुसार क्यान्सर, मुटुरोग, मिर्गाैला रोग, हेड इन्जुरी र स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सन र अल्जाइमर भएका बिरामीले २ लाखसम्मको उपचार सुविधा पाउनेछन् ।

यसअघि सरकारले बिमा योजनामा सामेल भएकालाई आफू बसोबास गरेको स्थानमा उपचार लिन सक्ने व्यवस्था मिलाउने तथा सबै तहमा बिमा सुविधा विस्तार गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया