काठमाडौँ । कार्टुन एनिमेसनलाई प्रयोग गर्दै पुतली बनाउने विषयमा ओम शिवांश ट्रेडिङ लिमिटेड र पुपिटिर लन्चका बिच बुधबार सम्झौता भएको छ । शिवांशले सो ‘डल’को अनुमती पाए पछि यसको उत्पादन गर्ने छ ।
यस कम्पनीको सुरुवाती लागत १ करोड रुपैयाँ रहेको छ भने ४ वटा आउट लेट रहने छ । पुपिटिरले एनिमेसन गरेको डिजाइनलाई प्रयोग गर्दै शिबांशले उत्पादन गर्ने छ ।
यसको पहिलो आउट लेट लाजिम्पाटमा स्थापना हुने छ । बुधबार पुपिटिरका तर्फबाट कार्यकारी प्रमुख सुचन राज बज्राचार्य तथा ओम शिवांशको तर्फबाट राजिव मर्हजनले हस्ताक्षर गरे ।
कार्यक्रममा ओम शिवांशका प्रवन्ध निर्देशक सिताराम हुमागाई तथा शोभा श्रेष्ठको पनि उपस्थिति थियो ।
प्रतिक्रिया