चन्दा संकलनको आरोपमा पक्राउ

पाँचथर : फिदिम बजारका व्यापारीसँग सांस्कृतक कार्यक्रम गर्ने भन्दै मोटो रकम उठाउँदै गर्दा आइतबार कलाकार मित्र लिंगदेनलाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रियस्तरका कलाकारको उपस्थिति हुने भन्दै बजारका व्यापारीलाई ५० देखि २५ हजार रुपियाँसम्म सहयोगको टिकटसहित चिठ्ठी थमाएको आरोपमा उनी पक्राउ परेका हुन् । व्यापारी हैसियत भन्दामाथि मोटो रकम तिर्न बाध्य हुनुपरेको भन्दै आतंकित भएका थिए । चन्दाआतंकको चिठ्ठीको फोटोकपी प्रमाणसहित सिडिओको आदेशमा प्रहरीले कारबाहीका लागि उनलाई गिरफ्तार गरेको हो । कलाकार लिंगदेनलाई चन्दाअसुली ऐनअन्तर्गत कारबाही हुने सिडिओ कोशहरि निरौलाले बताए । कलाकार लिंगदेनलाई २५ हजार रुपियाँसहित पक्राउ गरिएको डिएसपी दीपशमशेर राणाले बताए । (सौस)

प्रतिक्रिया