काठमाडौँ । कीर्तिपुर नगरपालिकाकी एलिना थिङले काठमाडौँ जिल्लाव्यापी बृहत् खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा बुधबार स्वर्ण जितेकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा एलिनाले तार्केश्वर नगरपालिकाकी प्रसन्न फुयाललाई पराजित गरिन् । नागार्जुन नगरपालिकाकी बन्दना तामाङ तथा आयोजक काठमाडौँ महानगरपालिका–२६ की मिस्टी श्रेष्ठ तेस्रो भए । शीर्ष ३ स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ५–५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
महिला टिम कुमुतेमा सोनाम शेर्पा, समीक्षा ढुंगाना, मोनिका लामा, आयुशा प्रधान र मनिषा लामाको नागार्जुन टोली पहिलो भयो । काठमाडौँ महानगरपालिका–३१ का महिमा राई, आशिका राई, दिया तामाङ, नानु चौधरी र रुक्साना दनुवार दोस्रो भए । गोकर्णेश्वरका टीकामाया जिम्मी, डोमा तामाङ, इभान जेलिना बस्नेत, यान्शु ठोकर र आयुशा तिमल्सिना तथा तार्केश्वरका करुणा गडेल, अनु मोक्तान, एलिना तामाङ, प्रतिक्षा तामाङ र सलिना तुलाधर संयुक्त रूपमा तेस्रो भए । पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०–१० हजार नगद पुरस्कार जित्ने छन् ।
२ दिने प्रतियोगितामा महिलाको २ स्पर्धामा ८० खेलाडीले प्रतिस्पर्धा गरेको करातेका संयोजक सन्तोष श्रेष्ठले जनाएका छन् । ५ खेल समावेश बृहत् खेलकुदमा २ खेलको प्रतिस्पर्धा सकिएको छ । करातेअघि टेबलटेनिस सम्पन्न भएको थियो ।
बृहत् खेलकुदअन्तर्गत पुरुष फुटसलमा वडा–२६ र वडा–१३ सेमिफाइनलमा प्रवेश गरेका छन् । लैनचौर खेल मैदानमा वडा–२६ ले वडा–१२ लाई ९–१ को फराकिलो गोलअन्तरले पराजित ग¥यो । वडा–१३ ले वडा–१४ लाई ४–३ गोलले हरायो ।
बृहत् खेलकुदअन्तर्गत तेक्वान्दो बिहीबारदेखि सुरु हुनेछ । पुरुष÷महिलामा समान १०–१० गरी २० स्पर्धामा प्रतिस्पर्धा हुने तेक्वान्दोका संयोजक गौरव रजकले जनाएका छन् । २५९ खेलाडीको सहभागिता रहने छ ।
पहिलो हुने टिमले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडी जनही १० हजार नगदबाट पुरस्कृत हुने छन् । हरेक स्पर्धामा शीर्ष स्थान हात पार्ने खेलाडीलाई क्रमशः ४ हजार, ३ हजार र २–२ हजार नगद पुरस्कार प्रदान गरिने छ । २ दिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ ।
प्रतिक्रिया