ट्राफिक प्रहरी आफैँले साबेल समातेपछि…

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अहिले नेपाल विद्युत प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने काम गरिरहेको छ । यसले गर्दा ठाउँ–ठाउँमा सडक खनिएको छ ।

सडक खनेर समयमा नसकिँदा सवारीसाधन र पैदल यात्रुले समेत सास्ती भोग्न परिरहेको छ । अहिले मित्रपार्कबाट कालोपुल जाने बाटोमा सडक खनेर तार भूमिगतको काम भइरहेको छ ।

सडकको अवरोधका कारण सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे परेको छ । ट्राफिक प्रहरी कार्यालय गौशालाका प्रहरीहरु आफैँ साबेल चलाएर बाटो क्लियर गरिरहेका देखिन्छन् ।– तस्विर पाल फोटो लाइब्रेरी

प्रतिक्रिया