अमेरिकाले खारेज गर्याे नेपाललाई दिँदै आएको टीपीएस सुविधा

ड्यालस (अमेरिका) । अमेरिकाले नेपालीलाई प्रदान गरेको टीपीएस सुविधा १० वर्ष पछि खारेज हुने भएको छ ।

सन् २०१५ मा गएको भुकम्पपछि नेपालीलाई राहत दिनका लागि दिइएको टीपीएस (टेम्पोररी प्रोटेक्टेड स्टाटस) आउँदो अगष्ट ५ देखि खारेज हुने भएको छ ।

अमेरिकाको युनाइटेड स्टेट सिटिजनशीप एन्ड इमिग्रेसन सर्भिसेज (युएससीआइएस) ले बिहीबार सूचना प्रकाशित गरेर दुई महिना पछि पूर्ण खारेजीमा जाने जनाएको छ ।

सूचनामा अगष्ट ५ तारिखसम्म अन्य वैधानिक स्टाटस कायम गर्न नसक्नेहरुलाई देश छाड्नका लागि समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया