ट्रम्प र मस्कको चिसिएको सम्बन्ध

2176986714

वासिंगटन । केही दिन अघिसम्म निकटस्थ सम्बन्ध रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कको सम्बन्ध अहिले घृणामा बदलिएको छ । यो साताभर नै मस्कले ट्रम्पले ल्याएको खर्चसम्बन्धी ऐनको बारे चर्चा गरे । बिहीबार जर्मन चान्सलरसँग ओभल अफिसमै भएको भेटमा ट्रम्पले मस्कसँग आफू अत्यन्त निराश भएको बताए । मस्कले लगातार सामाजिक सञ्जालमा ट्रम्पका विरुद्धमा आक्रमण गरेपछि उनले यस्तो बताएका हुन् ।

विवाद चर्किंदै जाँदा ट्रम्पले मस्कलाई सामाजिक सञ्जालमै पागलपनको संज्ञा दिइसकेका छन् । यो विवाद यत्तिमा सीमित छैन । ट्रम्पले मस्कलाई यौन अपराधी जियफ्री एप्सटनसँगको सम्बन्धका बारेसमेत कुरा गर्न थालेका छन् । उनले यो फाइल खोतल्ने समेत चेतावनी दिएका छन् ।

१ साता अघिसम्म सुमधुर सम्बन्ध ट्रम्पले ल्याएको खर्च विधेयकपछि बिग्रिएको हो । यो विधेयकमाथि मस्कले बोलेपछि सम्बन्ध खराब मात्र बनेर आरोप प्रत्यारोपमै पुगेको हो । मस्कले सामाजिक सञ्जाल ‘एक्स’ मै ८० प्रतिशत मध्यम वर्गको प्रतिनिधित्व गर्ने गरी नयाँ राजनीतिक दलको गठन आवश्यकतासम्बन्धी बहससमेत सुरु गरेका छन् । यसमा बहसमा २० लाखले सहभागिता जनाइसकेका छन् । यी मध्ये ८१ दशमलव ९ प्रतिशतले नयाँ राजनीतिक दलको आवश्यकतामा समेत सहमति जनाएका छन् ।

प्रतिक्रिया