काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै उनको राजीनामा माग गर्दै केही दिनदेखि अवरोध गर्दै आएको प्रतिनिधिसभाको बैठक आज सुरू भएको छ ।
केही दिन अघिबाट संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अन्ततः संसदमा गृहमन्त्री लेखकलाई बोल्न दिनुपर्ने पक्षमा रहेको संकेत गर्दै लचक देखाएपछि आज सुरू भएको हो ।
बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री लेखकलाई बोल्न दिएर उनको जवाफ सुन्नुपर्ने पक्षमा नेताहरूले धारणा राखेपछि माओवादीले संसद चल्न दिएको हो । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक भर्खरै सुरु भएको हो ।
प्रतिक्रिया