गमगढी–नाक्चालाग्ना सडक निमार्णमा पहल गर्ने एमाले नेताको आश्वासन

मुगु । पूर्वपरराष्ट्र मन्त्री एवं नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गमगढी–नाक्चालाग्ना सडकको निमार्णका लागि पहल गर्ने बताएका छन् । मंगलबार गमगढी नाक्चालाग्ना सडकको अनुुगमन गर्नुका साथै सडक निमार्णमा जोड्दिने उनले बताए ।

मुगुुमकामारोङ गाउँपालिका–८ माग्री टाडाँको भिर कडा चट्टान भएकाले भिर छिचोल्ल नेपाली सेनालाई जिम्मेवार दिने गरी कार्य बढाउने बचनवद्धतासमेत उनले गरे । माग्री टाडाँको भिर छिचोल्न सकेमात्र यो सडक निर्माणमा अघि बढ्न सहज हुुने देखिन्छ ।

भौगोलिक विकट्ता कडा चट्टान छिचोल्न सडक डिभिजनसँग प्राविधिक समस्या हुने भएकाले प्रधानमन्त्रीसँगको समन्वयमा नेपाली सेनासँग समन्वय गर्ने माग्री टाडाँको भिर छिचोल्न पहल गर्ने उपमहासचिव ज्ञवालीले बताए ।

गमगढी–नाक्चालाग्ना सडक कर्णाली प्रदेशको लाइफ लाइनका रूपमा रहेकाले यो सडक निमार्णमा ढिला भएको स्वीकार्दै उपमहासचिव ज्ञवालीले विगतका केही कमीकमजोरी भएको भए पनि आगामी दिनमा यो सडक निमार्णमा राष्ट्रिय गौरवका आयोजनका साथ काम अघि बढाउन पहल गर्ने बताए ।

गमगढी–नाक्चालाग्न सडकको अनुुगमनसँगै प्रत्यक्ष आफूले देखेपछि केही फरक अनुुभूति भएको उनले बताए । ‘यो सडकको भ्रमण पछि सडक निमार्णको कार्यमा केही न केही फरक पर्ने भएकाले गमगढी–नाक्चालाग्ना सडकको जुन सपना देख्नुुभएको छ त्यो पूरा हुुने बिश्वास दिलाउँछु’, उनले भने ।

यो सडक खोल्नसके मुुगुुलगायत कर्णाली प्रदेश र सिगो देशलाई नै टेवा पुुग्ने छ । सँगै रारा ताल सिजा सभ्यता र खस राज्यको सभ्यता कला संस्कृतिले भरिपूर्ण भएका र भौगोलिक विकटताले ओझलमा परेका स्थानलाई अगाडि बढाउन आफ्नो पहल रहने उपमहासचिव ज्ञवालीले बताए ।

गमगढी–नाक्चालाग्ना सडक आर्थिक वर्ष २०६२÷०६३ मा विस्तृत सर्भे गरी २०७२÷०७३ सालबाट गमगढी–नाक्चेलाग्ना सडक निर्माण सुरुआत गरिएको थियो । गमगढी–नाक्चेलाग्ना सडक ८५ किमी दुरीको रहेको र यो सडक २० वर्षमा १७ किलोमिटर मात्र ट्रयाक्क खोलिएको छ ।

राजनीतिक दलले बुुझाए अनुरोध पत्र

मुुगुुमा क्रियाशील राजनीतिक दलहरूले मुुगुुको सम्रग विकासका लागि पूर्वपरराष्ट्र मन्त्री एवं नेकपा एमालेका उपमहासचिवलाई अनुरोध पत्र बुुझाएका छन् ।
गमगढी–नाक्चालाग्ना सडकको लागि प्रयाप्त बजेट व्यबस्थापन र चीन सरकारसँग नाका खोल्न पहल, रारा पर्यटन विकास प्राधिकरण गठनका लागि पहल, गमगढी–भुुलभुुले सडक खण्ड कालोपत्रे गर्न बजेट व्यवस्थापनदेखि जुम्लामा रहेका संघीय कार्यालयहरू मुुगुुमा स्थापाना गर्न पहल गरीदिन अनुुरोध गर्दै पूर्वपरराष्ट्र ज्ञवालीलाई अनुरोध पत्र बुुझाएका छन् ।

निकट भविष्यमा आउने वार्षिक बजेट नीति तथा कार्यक्रमा समावेश गर्न नेपाल सरकारलाई अनुरोध गदै उनीमार्फत अनुरोध पत्र बुुझाइएको छ ।
नेकापा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी र राप्रपा मुुगुुले उपमहासचिवमार्फत सरकारलाई अनुुरोध पत्र बुुझाइएका नेपाली कांग्रेस मुुगुुुका कार्यवहाक सभापती कर्णबहादुर रावलले बताए ।

प्रतिक्रिया