बिएनए कप बास्केटबल मंगलबारदेखि

काठमाडौं । बसुन्धरा नेसनल एकेडेमी (बिएनए) को आयोजनामा मंगलबारदेखि आठौँ बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताअन्तर्गत दुई विधामा २४ टोलीको सहभागिता रहने बिएनएका प्रिन्सिपल टंककुमार चापागाईंले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

जुनियर ब्वाइज र सिनियर गल्र्सतर्फ १२–१२ टोली सहभागी हुने छन् । दुवै समूहका सहभागीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

जुनियर ब्वाइजतर्फ कक्षा ८ सम्म तथा सिनियर गल्र्सतर्फ कक्षा १० सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने प्रतियोगिता संयोजक नारायण खवासले जानकारी दिए । आगामी जेठ ६ गतेसम्म चल्ने उक्त प्रतियोगिताका खेल बसुन्धरास्थित नमूना टोलमा खेलाइने छन् ।

प्रतिक्रिया