दिलीप स्मृति तेक्वान्दो डोजोङलाई च्याम्पियनको उपाधि

काठमाडौँ । धादिङ जिल्लामा सम्पन्न खुल्ला वागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता २०८२, मा दिलीप स्मृति तेक्वान्दो डोजोङले उत्कष्ट प्रदर्शन गर्दै टिम च्याम्पियनको उपाधि हासिल गरेको छ ।

धादिङ जिल्ला तेक्वान्दो संघले आयोजनामा शुक्रबार र शनिबार गरेको प्रतियोगितामा डोजाङले १२ स्वर्ण, ३ रजत र ६ कास्य पदक जित्दै उत्कृष्ट टिमको ट्रफीसहित १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीले जानकारी दिए ।

४४ केजी तौल समूहमा अनुस्का माझी, २८ केजीमा कृपा गौतम, ४५ मा कैलाश थापा, ४० मा युनिस तिमिल्सिना, ५८ मा अर्पण लामा, ५० मा करण ढोली, ५४ मा निश्चल ढोली, ६३ केजी जुनियरतर्फ कञ्चन नेपाली, सिनियर ५८ केजीमा निरोज्यु ठकुरी, ३३ मा छवि वस्ती, ६३ केजीमुनि सिनियरतर्फ दुर्गा दुलाल र ४९ केजी सिनियर तौलमा सुप्रिमा बजागाईंले स्वर्णपदक जितेका थिए ।

यसैगरी रजततर्फ ३२ केजी तौल समूहमा रनिसा गौतम, ४८ केजीमा नविन तामाङ र ५४ मा सम्पन्न केसीले पदक हात पारे । यस्तै ४६ केजी जुनियरमा निगरानी खड्का, ३८ केजीमा अर्चना माझी, ३७ केजीमा टपेन्द्र विष्ट, ५७ मा प्रगति लामा, जुनियर ४९ केजीमा पासाङ लामा र ५८ केजी तौल समूहमा विसन कुँवरले कास्य पदक जितेका छन् ।

जय नेपाल स्पपोर्ट आयोजक तथा धादिङ जिल्ला तेक्वान्दो संघ र अन्तर्राष्ट्रिय धादिङ समाजले संयुक्त रूपमा आयोजित प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका खेलाडीहरूले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगितामा सफलता हात पारेर फर्केका दिलीप स्मृति तेक्वान्दो डोजाङका खेलाडीहरूलाई दशरथ रंगशालामा आइतबार स्वागत गरिएको थियो ।

प्रतिक्रिया