काठमाडौं । पछिल्लो समय भारत र पाकिस्तानबीच बढेको द्वन्द्वको समयमा पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले यो द्वन्द्व पाकिस्तानले नभड्काएको र भारतलाई यसको जवाफ दिन आफूहरुलाई पूर्ण अधिकार भएको बताएका छन् ।
पाकिस्तानका सूचनामन्त्री अताउल्लाहले भने, ‘पाकिस्तानलाई जवाफ दिने पूर्ण अधिकार छ ।’ उनले भने, ‘यो पाकिस्तानले भड्काएको होइन र पाकिस्तानलाई जवाफ दिने अधिकार छ, देशको सेनालाई आक्रामकताको जवाफ दिने पूर्ण अधिकार छ ।’
बीबीसीको रिपोर्ट अनुसार, जम्मू शहरको रेहारी कोलोनीमा भएको आक्रमणमा धेरै घरहरूमा क्षति पुगेको र धेरै सवारी साधनका झ्यालहरू फुटेको स्थानीय मानिसहरूले बीबीसीलाई बताएका छन् । यद्यपि, अताउल्लाह तरारले नागरिकलाई लक्षित गरेको आरोप अस्वीकार गरेका छन् ।
यस सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘पाकिस्तानले केवल सैन्य अड्डाहरूलाई मात्र निशाना बनाएको छ ।’ शनिबार नै भारतले पाकिस्तानले उच्च गतिको क्षेप्यास्त्र प्रयोग गरेको आरोप लगाएको थियो ।
भारतका विदेश सचिव विक्रम मिश्रीले भने, ‘पाकिस्तानको गतिविधि निरन्तर उत्तेजक रहेको छ, प्रतिक्रियामा, भारतले यी उत्तेजक कार्यहरूको जवाफ दिएको छ ।’
प्रतिक्रिया