काठमाडौँ । एनसेलले आफ्नो ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो पहिलो सप इन सप एनसेलले भैरहवामा बिहीबारबाट सञ्चालनमा ल्याएको हो । भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा बिक्रेता न्यु लुम्बिनी ए टु जेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप सञ्चालन गरेको हो । एक कार्यक्रममाझ बिहीबार एनसेलका चिफ अफ स्टाफ स्टिवन रोड्रिगेजले एनसेल सप इन सपको उद्घाटन गरेका थिए ।
सप इन सपबाट ग्राहकहरूले एनसेलका सेवा, सुविधासम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवाहरू एनसेल सेन्टरहरूबाट जस्तै गरी लिन सक्छन् । ग्राहकहरूले सिम लिने, रिचार्ज गर्ने, केवाइसी अपडेट गर्ने, सिम स्वामित्व पुनः प्रमाणीकरण गर्ने, लोकप्रिय सधैँ अन रिन्युअलजस्ता प्याकहरू, सेवा, सुविधा लिने, ई–सिममा अपग्रेड गर्ने, इन्टरनेट सेटिङ मिलाउनेलगायतका विविध सेवाहरू लिन सक्ने बताइएको छ ।
प्रतिक्रिया