मण्डला थिएटरमा ‘प्रेम सम्बन्धमा आउने उतारचढाबसम्बन्धी कथा–एक’ नाटक मन्चन

काठमाडौं । निर्देशक अनुप न्यौपानेको निर्देशनमा तयार पारिएको नाटक ‘कथा–एक’ मण्डला थिएटरमा मन्चन हुँदै छ । यही वैशाख १२ गतेदेखि मन्चन भएको नाटक वैशाख २८ गतेसम्म प्रत्येक दिन (सोमबार बाहेक) बेलुकी ६ः३० बजे मञ्चन हुँदै छ ।

साथै, दर्शकको सुविधाका लागि हरेक शुक्रबार र आइतबार दिउँसो ४ बजे तथा शनिबार दिउँसो ३ बजे अतिरिक्त शोहरू पनि प्रदर्शन गरिएको छ । प्रेम सम्बन्धमा आउने अन्योल, त्याग, सम्झौता र बोधको भावनात्मक यात्रालाई मञ्चमार्फत प्रस्तुत गरिएको छ ।

यस नाटकमा सहनिर्देशकको रूपमा मिलन कार्कीले नाटकमा सहयोग गरेका छन् । यस नाटकमा वेदना राई, संयोग गुरागाईं, सनम श्रेष्ठ, क्रिस्टिना बस्नेत, प्रेम सिलवाल विश्वकर्मा, मिलन कार्की, र अजय कार्कीले अभिनय गरेका छन् ।

प्रतिक्रिया