उपसचिव हुँ भन्‍दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं । प्रहरीले ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । ‘नेपाल सरकारको उपसचिव हुँ’ भन्‍दै विभिन्न व्यक्तिसँग गरी ७ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा दैलेखको घर भई हाल ललितपुर– २५ बस्‍ने ४० वर्षीया जानकी न्यौपाने रहेकी छन् । उनलाई प्रहरीले त्रिपुरेश्वरबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी अंगुर जिसीले जानकारी दिए ।

जिसीका अनुसार उनले विभिन्न व्‍यक्तिलाई फरक(फरक परिचय दिँदै आफू कानुन मन्त्रालयको उपसचिव भएको र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बताउँदै विभिन्न शीर्षकमा ठेक्का मिलाइदिएबापत ७ लाख ६० हजार ८ सय रुपैयाँ ठगी गरेको हो । पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ललितपुर पठाइएको जिसीले बताए।

प्रतिक्रिया